धादिङको कैरौंजा गाउँमा बस दुर्घटना हुँदा ५ जना घाइते


काठमाडौं : धादिङको नीलकण्ठ नगरपालिका–१३ कैरोंजामा यात्रुवाहक बस दुर्घटनामा परेको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार सहचालकले चलाएका कारण बस दुर्घटना परेको हो । ७ जना यात्रु रहेको बस पल्टिर धान खेतमा खसेको जनाइएको छ । नेत्रावती गाउँपालिका–५ का चन्डे दमाई, सन्तमाया गुरुङ, दलबहादुर तामाङ, हस्तकुमारी तामाङ र लक्ष्मी गुरुङ घाइते भएका छन् ।

घाइतेहरुको धादिङबेसीस्थित अस्पतालमा उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

२०७६ असोज १२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :