अर्घाखाँचीमा युवा संगठनको जिल्ला भेला सम्पन्न : अध्यक्षमा विश्वास चयन


काठमाडौं : नेकपा निकट युवा संगठन नेपालले संचालन गरेको ३ महिने संगठन सुदृढ तथा बिस्तार अभियान तिब्र रुपमा अघि बढिरहेको छ । यसै क्रममा अर्घाखाँची जिल्लाको तेस्रो जिल्ला भेला शुक्रबार भब्यताका साथ सम्पन्न भएको छ । भेलामा प्रमुख वक्ता संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज बिश्लेशन थिए भने विशेष वक्ता नेकपा अर्घाखाँचीका जिल्ला सेक्रेटरी खिम घर्ती रहनु भएको थियो ।

भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख वक्ताले भने अब देशको आमुल परिवर्तन गर्ने जिम्मा हामी युवाहरुको काँधमा आएको छ । तसर्थ सबै युवाहरुलाई एक हुन आह्वान गर्नु गर्दछु । सार्वभौम सत्ता, अखण्ड नेपाल, राष्ट्रिय मुक्तिसँगै सम्पुर्ण जातजाती, भाषा, लिङ्ग र क्षेत्रको मुक्तिको लागि अन्तिम संघर्षको आवश्यकता भएको औल्याउनु भयो । देशमा भएको अनेक ब्यथितिको अन्त्यको बाटो भनेको बैज्ञानिक समाजवादको बाटो भएको र उक्त बाटोको नेतृत्व युवा संगठनले गर्ने औल्याउनु भयो । तसर्थ सम्पुर्ण युवाहरुलाई जोड्ने ध्ययका साथ हामीले ३ महिने अभियान संचालन गरेका छौं यो अभियानमा साथ दिन आम युवाहरुमा अपिल गर्दछौ भन्नु भयो ।

यसैगरी भेलाका विशेष वक्ता तथा जिल्ला सेक्रेटरी खिम घर्तिले अब अर्घाखाँचीको क्रान्तिकारी आन्दोलनलाई अघि बढ्न कसैले रोक्न नसक्ने बताउनु भयो । जिल्लाका सम्पुर्ण युवाहरुलाई गोलबन्द गर्न पार्टीले कुनै पनि कसुर बाँकी नराख्ने बताउनु भयो । तसर्थ युवाहरु अघि बढ्नु होस् जित निश्चित छ भन्दै भेला सफलताको शुभकामना दिनु भएको थियो । उक्त भेलाले विश्वासको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्बिरोध निर्बाचित गर्दै भब्यताका साथ सम्पन्न भएको छ ।

२०७६ असोज ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :