बस दुर्घटना हुँदा, बैतडीमा २१ जना घाइते


बैतडी : महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं को बस शनिबार बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए । बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा बिहान ३ बजे दुर्घटनामा परेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड र गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साँउद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान गम्भीर घाइते भएको प्रहरी नायब निरीक्षक खडायतले बताए । गम्भीर घाइते भएका सातै जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।

डकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेका थिए । बस सडकभन्दा १० मिटरमात्रै तल खसेको छ । बसका चालक फरार छन् ।

२०७६ असोज ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :