कञ्चनपुरमा बम आतंक

bombअम्बिका चन्द/काठमाडौं, असार ११ः आइतबार विहान कञ्चनपुरमा एमाले उम्मेदवार कर्ण हमालको घर लक्षित गरेर बम विष्फोट भएको छ । कृष्णनगर नपामा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बनेका हमालको ४ नं. वडास्थित घर छेउमा उक्त विष्फोट भएको हो । बम विष्फोट भएको स्थान प्रहरी चौकी छेउमै भएको र विष्फोटबाट कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ । यसैबीच शुक्लाफाँटा नपाका उम्मेदवारको घरमा बम भेटिएको छ । काग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बनेका दिलबहादुर ऐरको घरमा उक्त बम भेटिएको हो । बम कसले र किन राखेको भन्ने थाहा भएको छैन ।kalo flag1

 एक अर्को  समाचार अनुसार एकाविहानै बैतडीमा उम्मेदवारहरुका घरहरुमा कालो झण्डा गाडिएका छन् । काग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारका घरमा कालो झण्डा गाडिएका हुन । चुनाव वहिस्कार तथा खारेजी अभियानमा रहेकाहरुले कालो झण्डा गाडेको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :