गोर्खाका तात्कालीन जिल्ला इन्चार्ज कुमाल र सेक्रेटरी भट्ट लामो प्रहरी हिरासतपछि रिहा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी गोर्खाका तात्कालीन जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्ट बुधबार सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् ।

यस अघि उच्च अदालतले २५ हजार धरौटीमा रिहा गरेको थियो तर अदालतले तोकेको २५ हजार धरौटी तिर्न नसकेपछि उनीहरु दुवैजना २५ दिन कारागार बसेका थिए । पार्टी कामको सिलसिलामा रहेको कुमाल र भट्टलाई प्रहरीले घाइते बनाउनुकासाथै एक जनाको खुट्टा समेत भाचेर घाइते बनाई प्रकाउ गरेको थियो ।

 

गत बैशाख २२ गते पालुङटार नगरपालिका वडा नं. ७ को खोलाघाटबाट साँझ ६ बजे जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई फरक–फरक ठाउँबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

२०७६ असोज ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :