अध्यक्ष काफ्लेलाई तत्काल रिहा गर – शाह


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले कैलाली जिल्ला अध्यक्ष पदम काफ्ले संगठनको जिम्मेवारीमा जुटिरहेका बेला चौमलाबाट असोज ७ गते विहान १० बजेतिर पिके, केपी तथा बादल कम्पनीको ठाडो आदेशमा गृह प्रशासनले गैर न्यायिक गिरफ्तार गरेकोप्रति खेद व्यक्त गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सेती–महाकाली क्षेत्रीय समन्वय समितिको संयोजक विरेन्द्र शाहले बुधबार प्रेस विज्ञप्ति निकाली विगत लामो समयदेखि शैक्षिक विकृति, विसंगति, भ्रष्टाचारका विरुद्ध तथा वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको आन्दोलनमा जुटिरहेका बेला अखिल (क्रान्तिकारी) कैलाली जिल्ला अध्यक्ष काफ्लेलाई चौमलाबाट गैर न्यायिक गिरफ्तार गरेकोमा घोर निन्दा गरी तत्काल स–सम्मान रिहाई नगरे आन्दोलन गर्न बाध्य हुने भन्दै मानवअधिकारको रक्षाकालागि सरोकारवाला निकायहरुलाई सहयोग गरिदिनुहुन अनुरोधसमेत गरेका छन् ।

क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) विगत लामो समयदेखि शैक्षिक विकृति, विसंगति, भ्रष्टाचारका विरुद्ध तथा वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको आन्दोलनमा संघर्षरत रहेको व्यहोरा अवगत नै छ ।’

संयोजक शाहले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यसै सन्दर्भमा संगठनको कैलाली जिल्ला अध्यक्ष कमरेड पदम काफ्ले संगठनको जिम्मेवारीमा जुटिरहेका बेला चौमलाबाट ७ असोज २०७६ विहान १०ः०० बजेतिर पिके, केपी तथा बादल कम्पनीको ठाडो आदेशमा गृह प्रशासनले गैर न्यायिक गिरफ्तार गरेको हुँदा उक्त गिरफ्तारप्रति संगठन खेद व्यक्त गर्नुकासाथै हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गिरफ्तार कमरेडलाई तत्काल स–सम्मान रिहाईकालागि जोडदार माग गर्दछौं । अन्यथा आन्दोलन गर्न बाध्य हुने व्यहोरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनका साथै मानअधिकारको रक्षाकालागि सरोकारवाला निकायहरुलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’ विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ असोज ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :