नेपाल पत्रकार महासंघका सचिव दाहालसहित ९ जना गिरफ्तार


काठमाडौं : नेपाल पत्रकार महासंघका सचिवसहित ९ जना पत्रकारहरुलाई रेडियो नेपालबाट प्रहरीले गिरफ्तार गरेको छ । दिपायल प्रशासरण केन्द्रबाट हटाइएका पत्रकारको पुर्नवहालीको लागि सिंहदरबारस्थित रेडियो नेपालको कार्यालय अगाडि धर्नामा बसेका पत्रकारलाई सोमबार दिउँसो प्रहरीले गिरफ्तार गरेको हो ।

पक्राउ पर्नेमा महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघ डोटी शाखा अध्यक्ष योगेन्द्र बलायर रहेका छन् ।

त्यसैगरी पत्रकार प्रकाश बम, चक्र कुँवर र दिलिप पौडेललाई पनि प्रहरीले गिरफ्तार गरेको छ । सबै जनालाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ ।

२०७६ भदौ ३० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :