अखिल (क्रान्तिकारी) डडेल्धुराको ११औं जिल्ला सम्मेलन सम्पन्न


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली व्युरो अन्तर्गत डडेल्धुरा जिल्लाको ११औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । शैक्षिक विकृति विसङ्गतीका विरुद्धमा हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि ११औं जिल्ला सम्मेलन !! भन्ने मुलनाराका साथ शंकर खातीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरिएको छ ।

कथित कम्युनिस्टद्वारा संचालित दलाल सरकारले लगाएको प्रतिबन्धलाई खारेज गर्दै जिल्ला सम्मेलन भव्यतापुर्वक सफल भएको अखिल (क्रान्तिकारी)ले जनाएको छ । जिल्ला सम्मेलनले जिल्लामा हुने शैक्षिक क्षेत्रको आमूल रुपान्तरणकालागि निरन्तर संघर्ष गर्ने निर्णयसहित शंकर खातीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको जानकारी गराउदै एक प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण समेत गरेको छ । विज्ञप्तिको पूर्णपाठ…

२०७६ भदौ ३० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :