वडा कार्यालय भवनमा वम प्रहार गरी आगजनी

रोल्पा : सुनिल स्मृति गाउँपालिका वडा नं. ७ को वडा कार्यालय भवनमा आगजनी भएको छ । सुनिल स्मृति गाउँपालिका वडा कार्यालयको वडा अध्यक्षको कार्यकक्षमा पेट्रोल प्रहार गरी आगजनीसँगै बम विस्फोटन गरिएको समाचार प्राप्त भएको छ ।

२५ गते करिव १ बजेतिर ठूलो स्वरमा आवाज विस्फोटनका आवाजमात्रै आउँदा पनि गाउँवासीले वास्ता नगरेको राती नै झ्यालबाट वडा अध्यक्ष मानसिंह पुन मगरको कार्यकक्षमा पेट्रोल छर्केर आगजानी गरिएको भएपनि विहान मात्रै कार्यालय सहयोगीले कार्यालय खोल्ने बेला मात्रै थाहाँ पाएको वडा कार्यालयले बताउनुभयो । आगजनीबाट दुइवटा शोभासेट, प्लाष्टिक कुर्सी, कार्पेटहरु जलेको वडा कार्यालयले बताएको छ । इलाका प्रहरी कार्यालय सुलिचौरबाट २५ गते दिउसो करिव ४ बजेतिरमात्रै घटना स्थल पुगेको र अनुसन्धानकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव निरीक्षक चित्रबहादुर गुरुङले बताए ।

आगजनी कसले गरेको हो भन्ने कुरा अझै थाहा हुन सकेको छैन । वडा अध्यक्ष गाउँपालिका अध्यक्षहरुको टोलीमा काठमाडौँ विभिन्न निकायसँग भेटघाटका लागि काठमाडौँमा गएको र आफू पनि कार्यालयको कामले सुलिचौर झरेका मौका पारेर सो घटना गरिएको वडा कार्यालय सचिव पदम रिजालले बताउनु भयो ।

२०७६ भदौ २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :