मुलुकभर मौसममा बदली, सतर्कता अपनाउन अनुरोध

काठमाडौं : मुलुकभर मौसममा बदली रही मध्य तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मशाशाखाका अनुसार आज दिउँसो देशभरी सामान्य बदली रही मेघ गर्जन–चट्यांङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन–चट्यांङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पहाडी भू–भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमा महाशाखाले शनिबार पनि मौसममा बदली रहने पूर्वानुमान गरेको छ । शनिबार दिउँसो मौसममा सुधार देखिन र राति केहि स्थानहरुमा मेघ गर्जन–चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै देशका पहाडी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

महाशाखले नदीमा पानीको वहाव वढ्न सक्ने, पहाडी भू–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

२०७६ भदौ २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :