गौरीगंगा नगरपालिका वडा कार्यालयमा तोडफोड


धनगढी : कैलालीमा अज्ञात समूहले वडा कार्यालयमा तोडफोड गरेको छ । दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले बिहीबार गौरीगंगा नगरपालिका वडा नम्बर २ को कार्यालयमा तोडफोड गरेका हुन् ।

वडा अध्यक्ष जनकबहादुर साउँदले पुरानो चौमाला बजारमा रहेको वडा कार्यालयको कम्प्यूटर, प्रिन्टर, टेवुल लगायतमा क्षति भएको जानकारी दिए । खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

२०७६ भदौ २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :