जनस्वास्थ्यकर्मी तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द गिरफ्तार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दलाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ । चन्दलाई केपी–बादल गृह प्रशासनले बिहान चितवन मेडिकल कलेजबाट गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले चन्दको गिरफ्तारीको पुष्टि गरेका छन् ।

चितवन मेडिकल कलेजले अवैध रूपमा असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहान पनि झडप भएको थियो । चन्दलाई सोही स्थानबाट गिरफ्तार गरिएको जनाइएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् । त्यसक्रममा प्रकाश चन्दसहित १८ जना गिरफ्तारीमा परेका हुन् । गिरफ्तार र घाइते विद्यार्थीको पूर्ण विवरण आउन बाँकी छ । चन्दसहित गिरफ्तार विद्यार्थी नेताहरूलाई जिल्लाप्रहरी कार्यालयमा राखिएको चितवनबाट प्राप्त समाचारमा जनाइएको छ ।

२०७६ भदौ २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :