काठमाडौँमा इलामको सम्मेलन सम्पन्न

अध्यक्ष मगरद्वारा प्रतिबन्धमा अझ सशक्त रुपमा अगाडी बढ्न सङ्गठनलाई निर्देशन

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपाल अन्तर्गत इलाम–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ । 
उक्त कार्यत्रमको प्रमुख अथिति नेपाल कम्युनिस्ट पार्टी निकट जनगणन्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका अध्यक्ष रत्न मगर, कार्यक्रमको अध्यक्ष जनगणन्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका केन्द्रीय सदस्य खेम प्रधानको आतिथ्यता भदौ १८ गते बुधबार सम्पन्न भएको हो ।

सम्मेलनले गंगाराम भट्टराई संयोजक रहने गरि ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जस अन्तरगत  विपना राइर्, कर्ण राई, जितेन राइर्, गज्जनी निरौला, सन्तोष भण्डारी र मिलन राई रहेका छन् ।

यस्तै प्रमुख अथिति रत्न मगरले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै यो प्रतिबन्धमा पनि अझ सशक्त रुपमा अगाडी बढ्न र एकीकृत जनक्रान्तिको बाटो सफल बनाउन आम समुदायलाई आह्वान गरेका छन् । त्यसैगरी केन्द्रीय सदस्य तथा कार्यत्रमको अध्यक्षता खेम प्रधानले बधाई एवम् शुभकामना व्यक्त गरेका छन् । त्यसैगरी  नवनिवचित संयोजकले गंगराम भट्टराइले संगठनलाई डटेर अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०७६ भदौ २१ गते शनिबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :