डेङ्गु रोगको सङ्क्रमणबाट चार जनाको मृत्यु


काठमाडौं : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष डेङ्गु सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो । शुक्रबार आयोजित ‘डेङ्गु सङ्क्रमण र रोकथाम’ विषयक अन्तरक्रियामा महाशाखा प्रमुख डा. विवेक लालले यो वर्ष ४२ जिल्लामा ६ हजार २६ जनामा डेंगो रोगको संक्रमण भएको जानकारी दिए । सङ्क्रमणको जोखिम रहेका मुलुकका विभिन्न ४२ जिल्ला तथा ८५ स्थानीय तहमा रोग नियन्त्रणका लागि एक करोड ६६ लाख खर्च पठाइएको बताएका छन् ।

महाशाखा प्रमुख डा. विवेक लालले सातै प्रदेशमा सङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित छ करोड १७ लाख खर्च पठाइएको जानकारी दिए । सबैभन्दा बढी कास्की, मकवानपुर, सुनसरी र चितवन जिल्लामा प्रभाव देखिएको उनले बताए । विशेषज्ञ डा. बाबुराम मरासिनीले शरीरका विभिन्न अङ्गमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, पिसाब तथा बान्ता गर्दा रगत आउनेलगायत लक्षण देखा परेमा सतर्क हुनुपर्ने सुुझाव दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार श्वास फेर्न अप्ठ्यारो हुने रोगको लक्षण देखिएमा रगतमा भएको प्लेटलेट्सको सङ्ख्या परीक्षण गर्नुपर्छ ।

एडिज लामखुट्टेका कारण रोगको सङ्क्रमण हुने हुँदा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्नुपर्ने उनले बताए ।

२०७६ भदौ २१ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :