पत्रकार हमाललाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना


काठमाडौं : सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार ओम हमाललाई अदालतको गेटबाटै केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेपछि रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार पोखराको जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय पुगी पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना दिएका हुन् । महासंघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ । पत्रकारहरुले पत्रकार ओम हमाललाई रिहा गर्न र सर्वोच्च अदालतको आदेश पालना गर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।

गत भदौ ६ गते कास्कीको सिसुवाबाट पक्राउ परेका हमाललाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो तर रिहा भएलगत्तै सर्वोच्च अदालतको गेटबाट प्रहरीले पुनः पक्राउ गरेको छ ।

 

२०७६ भदौ १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :