चुरे गाँउपालिकामा टिप्पर दुर्घटना : एक जनाको मृत्यु, एक घाइते


धनगढी : कैलाली जिल्लाको चुरे गाँउपालिकामा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको चुरे गाँउपालिका वडा नम्बर ६ धप्रेनीमा टिप्पर दुर्घटना हुदाँ चुरे गाँउपालिका वडा नम्बर ६ का ३० वर्षिया नरेन्द्र थापाको मुत्यु भएको हो ।

मंगलबार राती १२ बजेको समयमा टिप्पर अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । घाइतेको उपचार पद्मा अस्पतालमा भइरहेको छ ।

२०७६ भदौ १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :