सर्वोच्चको आदेशमा रिहा भएका पत्रकार अदालतको गेटबाटै गिरफ्तार


काठमाडौं : सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार ओम हमाल अदालतको गेटबाटै पक्राउ परेका छन् । नेकपाको कार्यकर्ता भएको आरोपमा प्रहरीले भदौ ६ गते उनलाई कास्कीको सिसुवाबाट पक्राउ गरेको थियो ।

उनलाई रिहाइको माग गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रीटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो । मंगलबार अदालतको आदेशमा रिहा हुनेवित्तिकै प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटैबाट पक्राउ गरेको हो ।

पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थियो । रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधिस केदार प्रसाद चालिसे र डम्मर बहादुर खतिवडाको ईजलासले पत्रकार हमालको पक्राउ गिरफ्तारी गैरकानुनी भन्दै रिहा गर्न आदेश दिएको थियो । तर पत्रकार हमाललाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । पत्रकार हमाललाई अदालतको आदेशलाई समेत अवज्ञा गर्दै पुनः गिरफ्तार गरेपछि जनपत्रकार संगठन, नेपालले आपत्ति जनाएको छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले विज्ञप्ति जारि गर्दै पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै निन्दा गरेका छन् । जनपक्षीय पत्रकारमाथीको पटकपटकको गिरफ्तारीले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ विचार र आस्थाका आधारमा पत्रकारलाई पक्राउ गरि झुठा मुद्दा लगाउने र अदालतको आदेशलाई समेत अवज्ञा गर्नुले देशमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो छ भन्ने कुराको समेत छर्लङ्ग भएको बताईएको छ । संगठनले देशभरका कलमजिवीहरुलाई पत्रकारको गैरन्यायिक गिरफ्तारीको बिरोध गर्न समेत आग्रह गरेको छ । विज्ञप्तिको पूर्णपाठ….

२०७६ भदौ १७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :