नेकपाद्वारा आज देशैभरी एनसेलको फैसला उल्टाउने न्यायधिसहरुको पुत्ला दहन

काठमाडौं : एनसेल कर असुलीबारे सर्वोच्च अदालतका न्यायधिसहरुले गरेको निर्णय विरुद्ध आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टीले फैसला उल्त्याउने न्यायधिसहरुको आज देशैभरी पुत्ला दहन गरिरहेको छ । सरकारकै इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै आज (मंगलबार) नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले कालिका नगरपालिकाको क्लवचोकमा सो फैसला उल्त्याउने न्यायधिसहरुको पुत्ला दहन गरेको छ ।

नेकपाले नेता, मन्त्री र अदालत किनेर देशका विरुद्ध अपराध गर्ने एनसेललाई लगातार कारवाही गर्दै आएको छ । त्यही कारण उसले केपी सरकारको प्रतिबन्ध र दमन पनि झेलिरहेको छ ।

अदालतको यो निर्णयपछि नेकपा एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने निस्कर्षमा पुगेको बताइएको छ । नेकपाले सबै देशभक्त नागरिकहरुलाई एनसेललाई बहिस्कार गर्नेबारे सोच्न अपिल गर्दै एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नकालागि जनताहरु उठ्न आग्रहसमेत गरेको छ ।

२०७६ भदौ १७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :