नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन चन्द १११ दिनपछि रिहा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन चन्द १११ दिनपछि सोमबार रिहा भएका छन् । बर्दिया जिल्ला प्रशासन कार्यालयबाट दश हजार धरौटी तिरेर रिहा भएका हुन् ।

उनलाई जेठ १ गते ५४ औं विद्यार्थी दिवसको अवसरमा काठमाडौंको शान्तिवाटिकामा भइरहेको कार्यक्रम स्थलबाट प्रहरीले गिरफ्तार गरेका चन्दलाई अदालतले पटक–पटक साधारण तारेख वा धरौटिमा रिहा गर्ने वित्तिकै पुनः गिरफ्तार गर्दै आएको थियो ।

काठमाडौं महानगरीय ट्राफिक प्रहरी वृत दरबारमार्गमा पच्चिस दिनको हिरासत बसाई पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दश हजार धरौटीमा रिहा हुने वित्तिकै चन्दलाई पुनः पक्राउ गरी बाँके जिल्ला अदालतमा उपस्थिति गराई आगो लगाएको संगठित अपराध मुद्दामा पचास हजार धरौटिमा रिहा गर्न आदेश दिएको थियो ।

भदौ १५ गते बाँके जिल्ला अदालतमा पचास हजार धरौटी तिर्ने वित्तिकै पुनः गिरफ्तार गरी बर्दिया जिल्ला पठाएको थियो । आज (सोमबार) बर्दिया जिल्ला प्रशासन कार्यालयबाट दश हजार धरौटी तिरेर रिहा भएका हुन् ।

२०७६ भदौ १६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :