नेकपाद्वारा गणेश विक ‘गुराँस’लाई कारवाही

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्लाले पार्टीको नीति विपरीत गतिविधि गरेकोले जिल्ला समिति सदस्य गणेश विक ‘गुराँस’लाई कारवाही गरेको छ । नवलपुर जिल्ला इन्चार्ज जुझारुले शुक्रबार प्रेस विज्ञप्ति निकाली पार्टीका नाममा व्यक्तिगत फाइदा लिन खोज्ने, संगठन र पार्टीको नीति विपरीत गतिविधिमा संलग्न हुने सांगठनिक अराजकता मच्चाउने जोकोहिलाई पनि पार्टीले कारवाही र शुद्धिकरण गर्ने सिलसिलामा जिल्ला समिति सदस्यको पदमा बसी समितिले गरेका निर्णयहरुलाई उल्लंघन गर्दै पार्टी सम्पर्क भन्दा बाहिर रहि सांगठनिक रुपमा अराजक ढंगले पार्टीको नीति विपरीत गतिविधि गरेको भन्दै जिल्ला समिति सदस्य गणेश विक ‘गुराँस’लाई पार्टीबाट निस्काशन गरेका छन्

जिल्ला इन्चार्ज जुझारुले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिवेला जनताको बीचमा संगठन विस्तार तथा सृदृढीकरण गर्ने अभियानमा जुटिरहेको छ । कथित कम्युनिस्ट सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध घोषणा गर्दै हाम्रा नेता कार्यकर्ताहरुलाई अनावश्यक धरपकड गर्ने, झुठ्ठा मुद्दा लगाउने, मानसिक र शारीरिक यातना दिने जस्तो अमानवीय कार्य गरिराखेको छ । तर पार्टीलाई प्रतिबन्धले कुनै गतिविधिमा र एकीकृत जनक्रान्तिको कार्यदिशामा कुनै अवरोध नभइ झन जनतामा जान उत्साह थपिएको कुरा हाम्रो पार्टीको पछिल्लो गतिविधिहरुले देखाइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्लाले हाल जिल्लामा जवस र मोर्चा संगठनहरुको सुदृढ र विस्तारको लागि १ महिने अभियान सञ्चालन गरेको छ । यो अभियानमा सम्पूर्ण पार्टीपंक्तिको उत्साह पुर्वक सहभागिता रहेको छ । पार्टीका नाममा व्यक्तिगत फाइदा लिन खोज्ने, संगठन र पार्टीको नीति विपरीत गतिविधिमा संलग्न हुने सांगठनिक अराजकता मच्चाउने जोकोहिलाई पनि पार्टीले कारवाही र शुद्धिकरण गर्ने गरेको छ ।’

इन्चार्ज जुझारुले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यसै सिलसिलामा जिल्ला समिति सदस्यको पदमा बसी समितिले गरेका निर्णयहरुलाई उल्लंघन गर्दै पार्टी सम्पर्क भन्दा बाहिर रहि सांगठनिक रुपमा अराजक ढंगले पार्टीको नीति विपरीत गतिविधि गरेकोले जिल्ला समितिका सदस्य गणेश विक ‘गुराँस’लाई आजैका मितिदेखि पार्टीबाट निस्काशन गरिएको जानकारी गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ भदौ १६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :