प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा नेकपाको पूर्वी कमाण्ड स्तरिय प्रशिक्षक प्रशिक्षण तालिम भव्यतापूर्वक सम्पन्न भएको छ । भाद्र ३ देखि ७ सम्म संचालित उक्त कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य सन्देशले पुस्पलालदेखि प्रचण्डसम्मका स्कुलिङका सिमा र कमजोरीहरु भत्काउँदै एकीकृत जनक्रान्तिको नयाँ स्कुलिङ अगाडि बढेको छ, त्यसकालागि यो स्कुलिङको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । सो अवसरमा नेकपाका केन्द्रीय सदस्यद्वय निर्मल र देवनारायण साथै युवा नेता जोखिमले तालिम सफलताको शुभकामना दिनुभएको थियो ।

केन्द्रीय स्कुलिङ विभागका प्रमुख ध्रुवको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन समारोहलाई केन्द्रीय स्कुलिङ विभाग सदस्य गतिले संचालन र विजेताले स्वागत गर्नु भएको थियो । उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रममा राजनीतिक अर्थशास्त्रको विषयमा ध्रुव, वैज्ञानिक समाजवादको विषयमा गति र दर्शनको विषयमा विजेताले प्रशिक्षित गर्नुभएको थियो । सोही कार्यक्रममा एकीकृत जनक्रान्तिका बारेमा सन्देश र विज्ञान प्रविधिका बारेमा देवनारायणले प्रशिक्षण दिनुभएको थियो ।

जनकपुर ब्युरोमा सम्पन्न उक्त कार्यक्रममा मेची–कोसी, सगरमाथा र जनकपुर ३ वटा ब्युरोबाट छनौट गरिएका नेताहरुलाई ५ दिनसम्म तालिम दिइएको थियो । उक्त तालिमको समापनमा विवस र द्वय हिमालले अनुभूति मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि सन्देश र अध्यक्ष ध्रुवले तालिमको संस्लेषण गर्नुभएको थियो । उक्त समापन कार्यक्रमको संचालन गतिले गर्नुभएको थियो ।

२०७६ भदौ १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :