दिनेश शारु र सितारामलाई गिरफ्तार गरी वेपत्ता, जनकपुर व्युरोद्वारा तत्काल रिहा गर्न माग


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी जनकपुर व्युरोले व्युरो सदस्य दिनेश शारु र शुभचिन्तक सितारामलाई गिरफ्तार गरी वेपत्ता गरेकोप्रति घोर भत्र्सना गरेको छ । जनकपुर व्युरो इन्चार्ज अरुणले शुक्रबार प्रेस विज्ञप्ति निकाली २०७६ साल भदौ ४ गते पार्टी कामको सिलसिलामा धनुषाको ढल्केबरबाट जनकपुर जाँदैगर्दा बीच बाटोमै साधा पोसाकका प्रहरीले अपहरण गरी बेपत्ता पारिएका व्युरो सदस्य दिनेश शारु र शुभचिन्तक सितारामलाई केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकार गैर कानुनी तरिकाबाट गरिएको गिरफ्तारीप्रति घोर भत्र्सना गर्दै दिनेश शारुसहित दुवै जनालाई तत्काल रिहाई नगरे कडा संघर्षका कार्यक्रमसहित प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् ।

जनकपुर व्युरो इन्चार्ज अरुणले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी जनकपुर व्युरो सदस्य क. दिनेश शारु र शुभचिन्तक सितारामलाई पार्टी कामको सिलसिलामा यही भाद्र ४ गते धनुषाको ढल्केबरबाट जनकपुर जाँदै गर्दा बीच बाटोमै साधा पोसाकका प्रहरीद्वारा अपहरण गरी बेपत्ता पारिएको छ । हाम्रो पार्टी त्यसप्रकारको गैह्रकानुनी अपराधी शैलीको घटनाको घोर विरोध तथा भत्र्सना गर्दछ । साथै तत्काल अपहरित कमरेडहरुको सार्वजनिक गरी स–सम्मान रिहाई गर्न माग गर्दछ । यस घटनामा मानवअधिकारको गम्भिर उल्लङ्घन गरिएको छ । अपहरण गरिएको हप्ता दिनसम्म पनि बेपत्ता अवस्थामा राखिएकोले मानवअधिकारवादी, पत्रकार तथा नागरिक समाजलाई घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीउपर कार्वाहीको लागि अपिल गर्दछौं ।’

इन्चार्ज अरुणले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘वर्तमान दलाल संसदीय पुँजीवादी सत्ताले विगत केही महिनादेखि नै आफ्नो फासिवादी हर्कतलाई बढाउँदै लगेको छ । एकीकृत जनक्रान्तिको विजयी लहरबाट अत्तालिएका शासकहरु दिनप्रतिदिन राज्य आतङ्कलाई बढाउँदै लगेका छन् । केपी–प्रचण्ड मण्डली सरकारले चलाएको यसप्रकारको जनविरोधी दमन र हर्कतको जनताले प्रतिरोध गर्ने नै छन् । नेकपा जनकपुर ब्युरो अपहरित दिनेश शारुसहित दुवै जनालाई तत्काल रिहाई गर्न माग गर्दछ । यदि त्यसो नगरिएमा कडा सङ्घर्षको कार्यक्रम गरिने छ । यसको परिणामको भागिदार स्वयं दलाल पुँजीवादी सत्ता र त्यसका प्रतिनिधि पात्रहरु हुने कुरा यसै वक्तव्यमार्फत सार्वजनिक गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ भदौ १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :