भागेश्वरको सेसागाडमा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते


काठमाडौं : डडेल्धुरा जिल्लाको देवलदिब्यपुरबाट सदरमुकाम अमरगढीतर्फ आउँदै गरेको म १ ज २१० नम्बरको जीप भागेश्वर गाउँपालिका–४ सेसागाडमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जिप दुर्घटनामा बैतडी जिल्लाको पाटन नगरपालिका-७ घर भएकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको हो । करिब १६ जना यात्रु सवार जीप कच्ची बाटोको घुम्तीमा मोडिने क्रममा पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

२०७६ भदौ ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :