खैरहनी र कालिका नगरपालिकामा बम विस्फोट हुँदा कार्यालय ध्वस्त

आज चितवन जिल्ला पूर्णरुपमा बन्दको प्रभाव

काठमाडाैं : चितवनको खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट भएको छ भने कालिका नगरपालिका वडा नं. ७ को कार्यालाय ध्वस्त भएको समाचार प्राप्त भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले आज चितवन बन्द आह्वान गरेको कारण विहानैदेखि पूर्णरुपमा बन्दको प्रभाव परेको छ । राप्ती नगरपालिका ओहोलेवाङमा प्रतिक्षालय भत्काउनुका साथै आगजनी गरेको घटनाप्रति निन्दा गर्दै नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवद्वारा जारी विज्ञप्तिमा सहिद स्मृति प्रतिक्षालय निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा श्रमिकलाई धम्क्याउने, जनतालाई आतंकित पार्दै निर्माण भइरहेको प्रतिक्षालयलाई भत्काएर आगजनी गर्ने कार्यको विरोधमा आज ९ गते चितवन जिल्ला बन्द आह्वान गरेको छ ।

२०७६ भदौ ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :