विश्वासलाई तुरुन्त रिहा नगरे कडा प्रतिरोध संघर्षमा उत्रिने लुम्बिनी व्युरोको चेतावनी


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी व्युरोले नवलपुर जिल्ला सेक्रेटरी विरबहादुर थापा ‘विश्वास’लाई गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गरेको छ । लुम्बिनी व्युरो इन्चार्ज भीमले आइतबार प्रेस विज्ञप्ति निकाली २०७६ साल भदौ ७ गते साँझ नारायणगढबाट उपचार गरी घर फर्किदै गर्दा व्युरो सदस्या तथा नवलपुर जिल्ला सेक्रेटरी विरबहादुर थापा ‘विश्वास’लाई केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकार गैर कानुनी तरिकाबाट गरिएको गिरफ्तारीप्रति घोर भत्र्सना गर्दै विश्वासलाई तुरुन्त रिहाइ नगरे कडा संघर्षका कार्यक्रमसहित प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् ।

व्युरो इन्चार्ज भीमले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी व्युरो सदस्य तथा नवलपुर जिल्ला सेक्रेटरी विरबहादुर थापा कमरेड ‘विश्वास’लाई २०७६ भाद्र ७ गते साँझ नारायणगढबाट उपचार गरि घर फर्किदै गर्दा गैडाकोटमा प्रहरीले गिरफ्तार गरेको छ ।’

इन्चार्ज भीमले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘स्वास्थ्य उपचार गराइरहेका कमरेड विश्वासलाई बिनाकारण गैरकानुनी तरिकाबाट गरिएको गिरफ्तारीप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । कमरेड विश्वासलाई तुरुन्त रिहाइ गर्न माग गर्दछौं । हाम्रो मागलाई वेवास्ता गरि रिहाई नगरिएमा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकार हुनेछ । साथै गिरफ्तार गरिएका हाम्रा सम्पूर्ण नेता कार्यकर्तालाई रिहा नगरे कडा सङ्घर्षका कार्यक्रम सहित प्रतिरोधमा उत्रिने कुरा पनि यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ भदौ ८ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :