विभिन्न संघ संस्थाद्वारा पत्रकार हमाललाई तत्काल रिहा गर्न माग


काठमाडौं : जनसंचार डटकमका सम्पादक ओम हमाल गिरफ्तार भएका छन् । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई कास्की प्रहरीले शिशुवाबाट शुक्रबार गिरफ्तार गरेको हो । उनको गिरफ्तारी पछि जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले शुक्रबार एक विज्ञप्ति जारी गरी आफ्नो अफिसबाट घर फर्किने क्रममा प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको र तुरुन्त रिहाइको माग गरेका छन् । बिचार र आस्था राखेकै आधारमा पत्रकार तथा लेखकमाथि धरपकड बढाउने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य गम्भीर मानवअधिकार उलंघन तथा संविधानले प्रत्याभुत गरेका प्रेस अभिव्यक्ति स्वतन्त्रता बिरोधी हर्कत भएको भन्दै गिरफ्तार पत्रकार हमाललाई विनासर्त रिहाईको माग गरेका छन् । विज्ञप्तिकाे पूर्णपाठ…

यसैगरी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पनि शुक्रबार विज्ञप्ति निकाली पत्रकारिता जगतमा लामो सयमदेखि निरन्तर भ्रष्टचार, अन्याय र बेथितिका विरुद्ध कलम चलाउँदै आएका नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य, जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा गण्डकी धावलागिरीका संयोजक ओम हमालको पक्राउ प्रकरणप्रति खेद व्यक्त गर्दै पत्रकार हमालको निशर्त र यथाशिघ्र रिहाइको माग गरेका छन् । विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ भदौ ७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :