नेपाल पत्रकार महासंघद्वारा हमाललाई तत्काल रिहा गर्न माग


काठमाडौं : नेपाल पत्रकार महासंघले महासंघ कास्की शाखा सदस्य तथा जनसंचार डटकमका सम्पादक ओम हमाललाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका केन्द्रीय महासचिव रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पोखराको शिशुबाट प्रहरीले सम्पादक हमाललाई पक्राउ गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको र विनाकारण गिरफ्तार गरिएकोमा महासंघ विरोध र भत्र्सना गर्दै तत्काल रिहा गर्न सम्बन्धित निकायसँग मागसमेत गरेका छन् ।

महासचिव रमेश विष्टले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ कास्की शाखाका अनुसार आज विहान पोखराको शिशुबाट प्रहरीले पत्रकार हमाललाई पक्राउ गरेको हो ।’

रमेश विष्टले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘विनाकरण पत्रकार हमाललाई गिरफ्तार गरिएकोमा महासंघ विरोध र भत्र्सना गर्दै तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’ विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ भदौ ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :