जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते


काठमाडौं : अछाममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बान्नीगढी जयगढ गाउँपालिका–५ मा भएको दुर्घटनामा परी चालकसहित दुई जना घाइते भएका छन् । रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब साढे आठ बजेतिर कालिकालिडी सुकीबाग भन्ने स्थानमा सो दुर्घटना भएको थियो । जीप सडकबाट करिब ७ सय मिटर तल पुगेको थियो ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का ३८ वर्षीय कालुसिंह आउजी, सोही ठाउँका ३७ वर्षीय अशोक परियार र बैतडीको डिलासैन गाउँपालिका–३ का २२ वर्षीय लालबहादुर बोहराको मृत्यु भएको प्रहरीले बताएको छ । परियारको घटनास्थलमै मृत्यु भएको थियो भने आउजी र बोहराको उपचारको क्रममा राति नै मृत्यु भएको हो ।

दुर्घटनामा जीप चालक कैलालीको घोडाघोडी नगरपालिका–७ कीर्तिपुरका जनजीर चौधरी र कैलालीको धनगढी उपमहानगरपालिकाका अन्दाजी २५ वर्षीय घनश्याम चौधरी घाइते छन् । उनीहरुको अवस्था मध्यम रहेको र बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ भदौ ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :