थपलियालाई तत्काल रिहा गर – विष्ट


काठमाडौं : नेपाल पत्रकार महासंघले पत्रकार तथा लेखक खेम थपलियालाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका केन्द्रीय महासचिब रमेश बिष्टले बिहीबार एक विज्ञप्ति जारी गर्दै पत्रकार खेम थपलियालाई पक्राउ गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउदै तत्काल रिहा गरी उहाँको कार्यालयबाट लगिएका कम्प्युटर, पुस्तकलगायतका सामग्रीहरु फिर्ता गर्न माग गरेका छन् ।

महासचिव रमेश बिष्टले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल पत्रकार महासंघका सदस्य, लेखक तथा साहित्यकार खेम थपलियालाई यही साउन २५ गते बागबजारस्थित जलजला मासिकको कार्यालयबाट पक्राउ गरी हालसम्म पनि रिहा नगरिएकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार तथा साहित्यकारका रुपमा क्रियाशिल थपलियालाई आफ्नो आस्था र विचार प्रकट गरेकै आधारमा पक्राउ गरी झुठ्ठा मुद्दा लगाउन खोज्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघन हुन पुगेको महासंघको ठहर छ । प्रहरी परिसर टेकुमा राखिएका थपलियाको तत्काल रिहा गरी उहाँको कार्यालयबाट लगिएका कम्प्युटर, पुस्तक लगायतका सामग्री फिर्ता गर्न महासंघ जोडदार माग गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ साउन ३१ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :