नागरिकता बेच्नेलाई कारबाही

झापा : जिल्लाको बिर्तामोड नगरपालिका वडा नं. ७, ८ र ९ का वडा कार्यालयमा सोमबार बिहानै विस्फोट भएको छ । घटनाको कारण र जिम्मा यो समाचार तयार पार्दासम्म कसैले नलिएको भए पनि केही दिनयता झापाका विभिन्न स्थानमा विदेशीलाई नेपाली नागरिकता वितरण गर्ने कार्य तीव्र भैरहेको बेला यो घटना भएको हो ।
भारतीय, तिब्बती र भुटानी नागरिकसँग मोटो रकम लिएर नेपाली नगारिकता दिने राष्ट्रदोह ब्यापक भएको छ । असारयता बिर्तामोड नगरपालिकाले १८ जना विदेशीलाई नागरिकता बाँडिसकेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला, खरदार तेजेन्द्र न्यौपाने, भद्रपुर नगरपालिका ९ का अध्यक्ष सनी राजवंशी, बिर्तामोड ८ का वडा अध्यक्ष अजय कार्कीलगायतको मिलोमतोमा विदेशीलाई नागरिकता बाँडेको नेकपा स्रोतले जनाएको छ ।
केही दिनअघि नेपालकै सबैभन्दा होचो मेची नदीकिनारमा अवस्थित कचनाकेवल गाउँपालिककामा भारतीयलाई नागरिकता बाँडेको आरोपमा जिल्ला प्रशासन कार्यालयले केही व्यक्तिलाई कारबाही गरेको थियो ।

मितिः२०७६ सावन २७ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :