नेकपा निकट विद्यार्थी संगठनद्वारा वैठकबाट पारित निर्णयहरु सार्वजनिक


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को सेती–महाकाली क्षेत्रीय समन्वय समितिले नेपालका लाखौं विद्यार्थीहरुको हकहितकालागि महान् सहिदहरुले देखाएको बाटोमा बलिदानी दिने प्रतिबद्धता व्यक्त गर्दै दलाल फासिवादी केपी–बादल कम्पनीद्वारा विद्यार्थी सङ्गठनका नेताकार्यकर्ताहरुमाथि प्रतिबन्धित व्यबहार, दमन, धरपकड, अपहरण गरेर बन्धक बनाउने कार्यको व्यापक भण्डाफोर गर्दै संघर्ष संचालन गरिने भएको छ । सेती–महाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले शुक्रबार विज्ञप्ति जारी गरी हालसालै सम्पन्न बैठकले सेती–महाकालीको विद्यार्थी आन्दोलनलाई नयाँ उचाई प्रदान गर्नको निम्ति ‘कम्युनिस्ट अभियान –२’, सिमानामा हुने भारतीय हस्तक्षेपका विरुद्धमा जागरण अभियानलगायतका महत्वपूर्ण निर्णयहरु सम्बन्धीत निकायको ध्यानाकर्षण र सचेतनाका लागि सार्वजनिक गरेका छन् ।

२०७६ साउन २४ गते शुक्रबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :