आक्रोश, राई र गुरुङलाई पुनः गिरफ्तार गरि गाेरखा लगियाे


काठमाडौं : विद्यार्थीहरुको संयुक्त बैठकस्थल कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका घान्द्रुकको उरीबाट गत जेठ अन्तिम साता गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टी कास्कीका तात्कालीन जिल्ला सेक्रेटरी आक्रोश, जिल्ला सदस्यहरु मिलन राई र काजी गुरुङलाई जिल्ला अदालत स्याङ्जाले रिहा गर्न आदेश दिएपनि पुनः स्याङ्जा प्रहरीले गिरफ्तार गरेर राती ९ बजे गोर्खा पठाएको छ, भने उनीहरुसँगै रिहा भएका अर्का तात्कालीन जिल्ला सदस्य एवंम अन्नपूर्ण गाउँपालिका इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’ प्रशासन समक्ष आत्मसमर्पण गर्ने भएपछि प्रहरीले स्याङ्जा नै राखेको छ । कास्की जिल्लाको पार्टी सेक्रेटरी दाबी गरिरहेका परिवर्तनले प्रशासनमा आत्मसमर्पनको कागज गर्ने समाचार प्राप्त भएको छ ।

यसैबीच प्राप्त जानकारी अनुसार स्याङ्जा प्रहरीले दुई जना नेकपाका कार्यकर्तालाई गिरफ्तार गरेको छ । वालिङ्गबाट मोहन सिंजाली र गल्याङ्गबाट शिव दर्लामीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

२०७६ साउन २४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :