सङ्घर्षमा उत्रिने अखिल नेपाल किसान महासङ्घको चेतावनी (विज्ञप्तिसहित)


काठमाडौं : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) लुम्बिनी ब्युरोले आफ्नो सङ्गठनका नवलपुर जिल्ला संयोजक काशीराम कँडेललाई प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । मंगलबार विज्ञप्ति प्रकाशित गर्दै ब्युरो संयोजक सेवक सिंहले कँडेललाई झूट्टा मुद्दा लगाई नियोजित ढङ्गले फसाउने षड्यन्त्र गरे सङ्गठन सङ्घर्षमा उत्रिने चेतावनी पनि दिएका छन् ।

ब्युरो संयोजक सेवक सिंहको विज्ञप्तिमा भनिएको छ, ‘२०७६ साउन १९ गते नवलपुर जिल्लामा हाम्रो सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) नवलपुर जिल्ला संयोजक कमरेड काशीराम कँडेललाई कामको सिलसिलामा जिल्लाको गैँडाकोट नगरपालिका १६ स्थित बेल्डिहिया बजारबाट साँझ करिब ५ः३० बजेतिर यो फासिस्ट गृह प्रशासनले गिरफ्तार गरी बन्दी बनाएको छ । कथित वामपन्थी कम्युनिस्ट सरकार भनिने सामाजिक दलाल पुँजीवादी सरकारले राष्ट्रघाती, जनघाती, भ्रष्टतत्वहरूको रक्षा गर्दै हाम्रो सङ्गठनकाविरुद्ध दमन बढाइरहेको छ । यस प्रकारको रवैयाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षणसहित गिरफ्तार कमरेडलाई यथाशीघ्र रिहाइको माग गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘साथै झूट्टा मुद्दा लगाई नियोजित ढङ्गले फसाउने षड्यन्त्र गरे हामी चरणबद्ध सङ्घर्षमा उत्रिने चेतावनीसमेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ साउन २२ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :