बुद्धि पुन र राकेशलाई तत्काल रिहा गर्न माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरोले नेकपा भक्तपुर सेक्रेटरी बुद्धि पुन र नेवाः मुक्ति मोर्चाका केन्द्रीय सदस्य राकेशलाई पार्टी कामको सिलसिलामा भक्तपुरको जगातीबाट फर्किंदै गर्दा साउन १९ गते बेलुका ५ बजे प्रहरी प्रशासनले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । ब्युरो कार्यालयका सचिव विनोदले मङ्गलबार विज्ञप्ति जारी गर्दै गिरफ्तारीमा परेका बुद्धि पुन र राकेशलाई बिनासर्त र यथाशीघ्र रिहा नगरिए सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन् ।

विनोदले विज्ञप्तिमा भनेका छन्, ‘दिनानुदिन हाम्रो पार्टीका नेता तथा कार्यकर्ता गिरफ्तार गर्ने, क्रूरतापूर्वक हत्या गर्ने, झूट्टा मुद्दा लगाई जेल चलान गर्नेजस्ता कार्यले कम्युनिस्ट नामको सरकारको फासिवादी चरित्र अझै छर्लङ्ग भएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तारीमा पर्नुभएका क. बुद्धि पुन र क. राकेशलाई बिनासर्त र यथाशीघ्र रिहाइ गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । गिरफ्तार कमरेडहरूलाई रिहा नगरे, गैरन्यायिक गिरफ्तारी जारी रहेमा हाम्रो पार्टी सङ्घर्षमा उत्रिन बाध्य हुनेछ । सङ्घर्षबाट उत्पन्न हुने परिस्थितिको परिणामको जिम्मेवार पनि स्वयम् दलाल सरकार हुने कुरा हामी यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ । साथै, मानवअधिकारवादी, नागरिक समाज, पत्रकार सबैमा रिहाइका निमित्त पहल गरिदिन हुन पनि हार्दिक अपिल गर्दछौँ ।’ विज्ञप्तिको पुर्णपाठ….

२०७६ साउन २१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :