नेकपाका तीन नेता काठमाडौंबाट पक्राउ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्तिमोर्चाका अध्यक्ष डम्बरवहादुर विक, तमु मुक्ति मोर्चाका अध्यक्ष मगर गुरुङ र मोर्चाकै कोषाध्यक्ष उमा गुरुङलाई प्रहरीले गिरफतार गरेको छ । उनीहरुलाई काठमाडौंको बत्तीसपुतलीबाट गिरफ्तार गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताएका छन् ।

पछिल्लो समय सरकारले बार्ताको लागि हल्ला फैलाएर नेता कार्यकर्ताहरु पक्राउ गर्नतिर लागेको भन्दै नेकपाले गिरफ्तार गरिएका नेता कार्यकर्तालाई अविलम्ब रिहा गर्नुपर्ने माग गर्दै आएको छ ।

२०७६ साउन २१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :