ब्युरो इन्चार्ज आधारद्वारा कडा प्रतिरोधको चेतावनी

काठमाडौं : नेकपा ताम्सालिङ ब्युरो इन्चार्ज आधारले नेकपा रामेछापका इन्चार्ज यादव ढुङ्गेल ‘जमिन’ लाई विभिन्न झूट्टा आरोप लगाउँदै आइतबार काभ्रेको धुलिखेल नगरपालिका ५ बाट गिरफ्तार गरिएकोमा कडा आपत्ति प्रकट गरेका छन् । यसअघि गिरफ्तार गरी झूट्टा मुद्दाहरू लगाएर कयौँ जिल्ला घुमाउँदै लामो समयसम्म हिरासतमा राखेर केही समयअघि मात्र मुक्त भएका रामेछाप इन्चार्ज जमिनलाई प्रहरीले पुनः गिरफ्तार गरेर धुलिखेलमा राखेको जानकारी दिँदै इन्चार्ज आधारले बिनासर्त तत्काल रिहा नगरिए कडा प्रतिरोधको सामना गर्नुपर्ने चेतावनीसमेत दिए । उनले केपी–पीके सरकार र दलाल संसदीय व्यवस्थाको अन्त्यको समय नजिकिँदै गएको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

२०७६ साउन २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :