चीनले १ खर्ब १५ अर्ब लगानी गर्ने

SHARE BAZAR काठमाडौं/असार ८, उत्तरको छिमेकी चीनको पहल  र  नेतृत्वमा  खुलेको ‘एसियाली पूर्वधार लगानी बैंक’ ले नेपालमा १ खर्ब १५ अर्ब अमेरिकी डलर लगानी  गर्ने भएको छ । यो बैंकलाई एसियाली विकास बैंक (ब्म्द्य) को समान्तर बैंकका रुपमा हेरिन्छ । एडिबिमा जापानको मुख्य लगानी र संरचनागत नेतृत्व छ भने एसियाली इन्फाट्रक्चर इन्भेस्टमेन्ट बैंकमा चीनको नेतृत्व र लगानी  अगाडि छ ।

बैंकले काठमाडौंको विधुत वितरण  प्रणालीमा सुधार, तराईको बस्ति विकास तथा नयाँ शहर निर्माण, टोखा–छहरे सूरुङमार्ग, पोखरा–बेनी–जोमसोङ सडक स्तरोन्नती,  शारदा–बबइ जलविद्युत आयोजना (९३ मेगावाट) र तामाकोशी–५ जलविद्युत आयोजना (८७ मेगवाट) मा लगाानी  प्रतिबद्धता जनाएको छ । सो प्रतिबद्धता हालै दक्षिण कोरियाको राजधानी सोलमा सम्पन्न बैंककोे सञ्चालक समितिको बैठकले गरेको हो । जस अनुसार टोखा–छहरे सूरुङमार्गमा २६ अर्ब, पोखरा–बेनी–जोमसोङ सडक स्तरोन्नतीमा २० अर्ब, तामाकोशी आयोजनामा १८ अर्ब, बबई–शारदा आयोजनामा २० अर्ब लगानी गर्ने भएको हो ।  

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :