वडा कार्यालयमा आगजनी, महत्वपूर्ण सामग्रीहरु नष्ट


चितवन : अज्ञात समूहद्वारा चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा शुक्रबार बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । आगजनीबाट कार्यालयभित्र रहेका टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर र कागजातलगायतका महत्वपूर्ण सामग्रीहरु जलेर नष्ट भएको छ । कार्यालयमा पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष टीकाराम रिजालले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सहयोगमा साढे ३ बजे आगो नियन्त्रणमा ल्याइएको थियो । आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ साउन १७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :