पालुङटारमा रहेको एनसेल टावरमाथि आगजनी, टावर ध्वस्त


तनहुँ : गोरखा र तनहुँ जिल्लामा अज्ञात समूहले एनसेलको टावरमाथि आगजनी गरेका छन् । गोरखाको पालुङटारमा रहेको एनसेल टावरमाथि गएराती अज्ञात समूहले आजनगी गरेको स्थानीयहरुले बताएका छन् । एनसेलमाथि आगजनी भएपछि टावर ध्वस्त भएको छ भने एनसेलको सुचना सेवाहरु अवरुद्ध भएका छन् ।

राज्यलाई अरवौं कर नतिरेरै आफ्नो व्यवसाय सञ्चालन गरिरहेको एनसेलमाथि व्यापक जनदबाब आइरहेको छ । विगतदेखि नै नेपाल कम्युनिस्ट पार्टीले एनसेलले कर तिर्नु पर्ने माग राख्दै एनसेललाई चेतावनी स्वरुप जनकारवाही गर्दै आइरहेको छ । सरकारले एनसेलसँग कर लिन सक्ने आफ्नो क्षमता नदेखाइरहँदा दबाब स्वरुप पुनः ठाउँठाउँमा कारवाही हुनुले नेकपाले नै गरेको हुन सक्ने अनुमान गरिएको छ ।

२०७६ साउन १६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :