दुइ वडा कार्यालयमा आगो


कैलाली : जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ५ को कार्यालयमा परिचय नखुलेको शक्तिले आगो लगाएको जानकारी रातो खबरलाई प्राप्त भएको छ । समाचारमा जनाइए अनुसार वडा कार्यालय बाहिर जलेको अवस्थामा प्लास्टिकको बोतल पनि फेला परेको छ ।

त्यसैगरी शनिबार राति करीव ११ बजे डोटीको शिखर नगरपालिका–७ को वडा कार्यालयमा पनि आगजनी भयो । आगलागीबाट वडाका सम्पूर्ण कागजातहरु, फर्निचर, भवन सवै सखाप भएको वडाध्यक्ष नरवहादुर बलायरले बताए।

२०७६ साउन १५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :