बन्दको पूर्वसन्ध्यामा उपत्यकालगायत विभिन्न स्थानमा मसाल जुलुस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता-कार्यकर्तामाथिको सरकारी दमन, धरपकड र ज्यादतीबिरुद्ध बागमती, नारायणी र जनकपुर व्युराेका विभिन्न स्थानहरूमा बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको छ । नेकपाले मंगलबार साँझ मसाल जुलुस गरेको जनाएको छ । नेकपा स्रोतले  दिएकाे जानकारी अनुसार बागमती, नारायणी र जनकपुरका, रामेछाप र दोलखासमेतमा मसाल जुलुस गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्जसमेत रहेका चर्चित जनकलाकार माइला लामा गिरफ्तार भएपछि नेकपाले त्यसको विरोध बन्द आव्हान गरेको हो । पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै नेता लामाको गिरफ्तारी गैरन्यायिक भएको भन्दै निन्दा तथा घोर भत्र्सना गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

संघर्षका कार्यक्रम अनुसार साउन १५ गते बुधबार बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखासमेत बन्द हुनेछन् ।

२०७६ साउन १४ गते मंगलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :