विद्यार्थी सुसाईड प्रकरणको छानविन गर्न अखिल (क्रान्तिकारी)को माग (विज्ञप्तिसहित)


कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कञ्चनपुर जिल्ला अध्यक्ष नरेन्द्र भाटले सोमबार प्रेस विज्ञप्तिमार्फत आम विद्यार्थीको प्रिय संगठन अखिल क्रान्तिकारीले आफ्नो स्थापना कालदेखि राष्ट्रियता, जनजिविका, जनतन्त्रलगायत शिक्षा जस्ता क्षेत्रमा भएका हरेक अन्याय, अत्याचार, हत्याहिंसा, कुटपिट र विकृतिकाविरुद्ध सडक वाहकहरुको रुपमा संघर्षरत रहेको जानकारी गराउदै महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ वर्षीय सुरज लेखकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मर्नुको कारण हरिलाल जोशी एलबिए प्लस टु कोडिनेटर भनेर उल्लेख गरेका लिटिल बुद्ध विद्यार्थी सुसाईड प्रकरणको सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

जिल्ला अध्यक्ष नरेन्द्र भाटले विज्ञप्तिमा भनेका छन्, ‘आम विद्यार्थीको प्रिय संगठन हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखि राष्ट्रियता, जनजिविका, जनतन्त्रलगायत शिक्षा क्षेत्रमा भएका रहेक अन्याय, अत्याचार, हत्याहिंसा, कुटपिट र विकृतिकाविरुद्ध सडक वाहकहरुको रुपमा संघर्षरत रहेको यहाँहरुमा सर्वविदितै छ । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत भी.न.पा.३ भाँसीका १६ वर्षीय सुरज लेखकको सुसाइट नोटमा मर्नुको कारण हरिलाल जोशी एलविए प्लस टू कोअर्डिनेटर भनेर उल्लेख गरेका छन् भने आफ्नो बुवालाई मैले तपाईले चाहेको जस्तो छोरा बन्न सकिन मेरो कारणबाट तपाईको इन्सल्ट भयो यस्तो जीवन बाँच्नुभन्दा मर्नु नै ठिक छ भनि आइ क्वीट भनेर लेखेका छन् । उक्त विद्यार्थी भाईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र घटनाको सत्यतथ्य छानविनको माग गर्दछौं ।’

नरेन्द्र भाटले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘पछिल्लो समयमा विद्यालयस्तरमा (कक्षा ८देखि कक्षा १२सम्म) खासमा निजी शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरु चुरोट तान्ने, जाँडरक्सी खाने, लागु औषध दुव्र्यसनीमा फस्ने, झैझगडा गर्ने, शारीरिक मानसिक रुपमा तयार नभई साथीहरुको लहैलहैमा लागेर मायाप्रेमको जालमा फस्ने जस्ता गलत कार्यहरुमा संलग्न भई असाध्यै बिग्रीरहेका छन् । यसको समाधानको उपाय विद्यालयमा कुटपिट गरेर, मानसिक यातना दिएर विद्यालयबाट निकालेर वा निकाल्न डर देखाएर होइन कि बच्चाहरुलाई सामाजिक सांस्कृतिक, पारिवारिक संस्कार सिकाउने पहिलो जिम्मेवारी घरपरिवारकै हुने गर्दछ । घरपरिवारले पनि आफ्नो आँखा अगाडि राम्रो देखिए बाहिर के गर्छन् भन्ने कुराको ख्याल नै नगर्ने कुराले बच्चाहरु झन्झन् गलत कार्यमा संलग्न भई बिग्रिदै गइरहेका छन् । विद्यालयमा अध्ययन गराउने शिक्षक शिक्षिकाहरुले पनि प्रमाणपत्रको खोस्टोमा मात्रै उत्कृष्ट बनाउने संकल्पमा नलाग्नुहोस् । एउटै कक्षाका दुइचार वटा विद्यार्थीहरु उत्कृष्ट होलान त्यहि कक्षाभित्रका अरु विद्यार्थीहरु प्रमाणपत्रको खोस्टोमा उत्कृष्ट हुँदैनन् जसले विद्यालयबाट जीवनप्रतिको आशा होइन कि निराशा लिएर घर फर्किन्छन् । त्यसको समाधान व्यवहारिक शिक्षा नै भएकाले यसलाई विशेष जोड दिने गर्नुहोस् ।’ विज्ञप्तिको पूर्णपाठ…

 

२०७६ साउन १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :