नेकपाका कैलाली जिल्ला सदस्य शाही गिरफ्तार, तुरुन्त स–सम्मान रिहा गर – मल्ल

कैलाली : नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य यमबहादुर बमलाई मोहन्याल गाउँपालिका ३ फलेबिसौनाबाट आइतबार केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ ।

सामाजिक फासिवादी केपी—पीके सरकारले सांगठनिक कामको सिलसिलामा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीमा बसिरहेकोबेला हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी जिल्ला सदस्य यमबहादुर बमलाई गिरफ्तार गरेकोप्रति कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले घोर भत्र्सना गरी तुरुन्त स–सम्मान रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीबाट उनलाई इलाका प्रहरी कार्यालय बौनियाको टोलीले गिरफ्तार गरेको प्रहरीको भनाइ छ । शाहीलाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख प्रहरी निरीक्षक ध्रुर्वबहादुर बिष्टले बताए ।

२०७६ साउन १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :