बस दुर्घटना हुँदा दैलेखमा एकको मृत्यु, सात जना घाइते


दैलेख : कणाली राजमार्ग अन्तरगत दैलेख जिल्लाको आठबिस नगरपालिका ५ स्थित ना.५ख. ७२४३ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा सोही नगरपालिका ५ बस्ने ३३ वषीया दिर्जा माझी रहेको र घाइते ७ जनाको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बस घुम्तिमा चिप्लेर करिव ५०–६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

२०७६ साउन ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :