मध्यरातमा गिरफ्तार गरिएका नेकपाका नेता लामा टेकुमा

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ । लामालाई शनिबार राती भक्तपुरको काडाँघारीबाट गिरफ्तार गरिएको हो । नेता लामासँगै कार्यकर्ता रेशम तामाङलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । लामा बसिरहेको घर घेराबन्दी गरेर राती साढे १२ बजे उनलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेर बेपत्ता पारेको नेकपा श्रोतले जनाएको छ । प्रहरी श्रोतका अनुसार लामालाई टेकुमा राखिएकोे छ ।

सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई वार्तामा आउन आह्वान गरिरहेको भएपनि सो पार्टीका नेताकार्यकर्ता गिरफ्तार गर्ने धरपकड गर्ने गरेको भन्दै सरकारले नै बार्ता नचाहेको नेकपाका नेताहरुले बताउने गरेका छन् । नेता माइला लामाको गिरफ्तारी पछि सो पार्टीका एक केन्द्रीय सदस्यले भने –‘चारैतिरबाट आएको दबाब सहन नसकेर आफ्नो अलोकप्रियताबाट बच्नको लागि सरकारले वार्ता–वार्ता भनिरहेको छ, तर व्यवहारमा उसले हाम्रो पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गर्ने धरपकड गर्ने र नियन्त्रणमा लिएर हत्या गर्ने गरिरहेको छ, सरकार वार्ताको हल्ला गरेर दमनको रणनीति अघि बढाइरहेको छ ।’

सरकारले वार्ताको वातावरण बनाइरहेको बताइरहे पनि नेकपा नेता तथा कार्यकर्ता पक्राउ गर्न छोडेको छैन । यी घटनाहरुलाई हेर्दा पनि सरकार वार्ताको वातावरण बनाउनभन्दा नेकपा आफ्ना कार्यकर्ता पक्राउ गर्ने र दमन गर्ने अभियानमा लागेको देखीन्छ ।
२०७६ सावन ५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :