निरकुमार राईको स्मृतिमा कैलालीमा श्रद्धाञ्जलीसभा सम्पन्न

कैलाली : असार २५ गते भोजपुरमा नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य निरकुमार राई ‘प्रशान्त’को प्रहरीले हत्या गरेपछि बन्द हडतालसम्मको कार्यक्रम गरेको नेपाल कम्युनिस्ट पार्टीले आज अर्थात असार २९ गते आइतबार देशैभरी श्रद्धाञ्जलीसभा कार्यक्रम गरिरहेको छ ।

सोही कार्यक्रम अनुसार कैलाली जिल्लाले विभिन्न ठाउँमा आयोजना गरेको निरकुमार राईको श्रद्धाञ्जलीसभामा जिल्ला सचिवालय सदस्य तथा एरिया इन्चार्जहरुले सम्बोधन गरेका छन् । टिकापुर नगरपालिकामा एरिया इन्चार्ज हृदय बोगटी, लम्की नगरपालिकामा एरिया इन्चार्ज नरेन्द्र, घोडाघोडी नगरपालिकामा एरिया इन्चार्ज प्रकाश रावल, गौरीगंगा नगरपालिकामा एरिया इन्चार्ज शुसिल, कैलारी गाउँपालिकामा एरिया इन्चार्ज अविरल र धनगढी उप–महानगरपालिकामा केशव उपाध्यायले सम्बोधन गरेका छन् ।

धनगढी उप–महानगरपालिका इन्चार्ज केशव उपाध्यायले कार्यत्रमलाई सम्बोधन गर्दै भने, ‘केपी वली–बादल कम्पनीहरू जनताको सरकार नभई श्वेतआतङ्क मच्चाउने गुन्डा गिरोहको सरकार रहेको र यसको चरित्र फासिवादी दक्षिणपन्थी दलालहरुको मतियार रहेकाले जनतामाथि दिनप्रतिदिन हत्या–हिंसा थोपरिँदै जाने भएकाले क्रान्तिकारीहरू सजक भई सशस्त्र प्रतिकार गर्ने समय आइसकेको छ ।’

२०७६ असार २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :