कृषकलाई मल बिउ अभाव सिर्जना गर्ने माफियाहरुलाई जनकारबाही गर्ने नेकपाकाे चेतावनी

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाको ११ औं पूर्ण बैठकले गरेका निर्णयहरु शनिबार विज्ञप्तिमार्फत सार्वजनिक गर्दै कृषकहरूलाई आवश्यक पर्ने रासायनिक मल बिउ सहज रूपमा उपलब्ध गराउन सरोकारवाला पक्षसँग जोडदार माग गरी मल बिउको अभाव सिर्जना गर्ने माफियाहरुलाई जनकारबाही गर्ने चेतावनीसहित वैठक सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका नवनियुक्त सेक्रेटरी नरेशको अध्यक्षतामा र नवनियुक्त इन्चार्ज विक्रमको उपस्थितिमा बसेको बैठकले कृषकहरूलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा उपलब्ध गराउनुको साटो कालाबजारियाहरुलाई संरक्षण गर्ने सरकारी नीति र मलको अभाव सिर्जना गर्ने अनि चर्को मुल्यमा कृषकहरुलाई मल किन्न बाध्य पार्ने कालाबजारियाहरुलाई यस्तो हर्कत बन्द गर्न र भारतबाट आउने विषादी परिक्षण नगरिएको तरकारी तत्काल बन्द गरी नेपाली कृषकले उत्पादन गरेका तरकारीलाई प्रोत्साहन गरी थप व्यवसायीक बनाउन आग्रह गरेको छ ।

यस्तै वर्षायामको सुरुवातसँगै बाढीपहिरोको उच्च जोखिम रहेकोले आम पार्टी पंक्ति र सबै जनवर्गीय संगठनलाई जोखिममा परेका स्थान र जनतालाई सहयोग गर्न तयारी गर्ने निर्णय गरेको छ । विकास निर्माण लगायतका विभिन्न ठाउँमा भइरहेको भ्रष्टाचार र भ्रष्टाचारीहरुको अनुसन्धान जिल्ला जनपरिषदले गरिरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टहरुलाई जनकारबाही गर्न आम जनसमुदायलाई अपिल गर्दछ, देशव्यापी भइरहेको राज्यआतंक, गैरन्यायिक गिरफ्तारी, हत्या आतंकको कडा शब्दमा निन्दा गर्दै केपी सरकारको मतियार बनेर थप जनतामाथि आतंक सिर्जना नगर्न प्रहरीहरुलाई गम्भीरतापूर्वक आग्रह गर्दछौं ।’

दमनका बाबजुद पनि सबै प्रकारका सहयोग गर्ने उद्योगी, व्यापारी, पत्रकार, राष्ट्रसेवक कर्मचारी र प्रहरीका विभिन्न अधिकृत तथा जवान लगायत आम जनसमुदायलाई विशेष धन्यवादसहित आगामी दिनमा पनि यस्तै प्रकारको न्यानो मायाको अपेक्षासहित सच्चा वामपन्थी, देशभक्त, प्रगतिशील शक्तिहरुलाई जिल्लामा पनि व्यापक मोर्चा निर्माण गर्दै राष्ट्रियता र जनतन्त्रको पक्षमा दृढतापूर्वक उभिन हार्दिक अपिल गरेको छ । विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ असार २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :