नेकपाले निर कुमार राईको स्मृतिमा श्रद्धान्जलीसभा गर्ने

काठमाडाैं : प्रहरीद्वारा हत्या गरिएका नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य निरकुमार राई प्रशान्तकाे स्मृतिमा यही असार २९ गते आइतबार देशैभरी श्रद्धान्जलीसभा गरिने भएको छ ।

नेकपा श्रोतले दिएकोे जानकारी अनुसार यही असार २९ गते देशैभरी शहिद निरकुमार राईको श्रद्धान्जली सभा गर्न लागिएको हो । असार २५ गते भोजपुर सदरमुकाममा बसेका परिवारलाई भेटन गएको बेला प्रहरीले नेकपाका नेता  राइलाई नियन्त्रणमा लिएर हत्या गरेको थियो ।

असार ५ गते नक्कली भिडन्तको नाममा प्रहरीले सर्लाहीमा नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई हत्या गरेको ठिक २० दिनपछि प्रहरीले नेकपाका अर्का नेता सगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगा सेक्रेटरी  राईकाे हत्या गरेको हो ।

२०७६ असार २८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :