भारत माथी पाकिस्तानले सान्दार जीत

pakistan-1-768x481

काठमाडौं/असार ५, पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि भारतमाथि शानदार जित हासिल गरेको छ । आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा बेहोरेको १२४ रनको हारको बदलासहित उपाधी पनि जितेको हो । आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो । ओभलमा टस जितेर फिल्डिङ रोज्ने भारतको निर्णयलाई पाकिस्तानी बलर र ब्याट्सम्यानले गलत सावित गरिदिए ।  दुबैले ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर २०० रन पुर्याए । फखार जमानले ११४ रन बनाए । सोएब मल्लिक मात्र १२ रनमा आउट भए भने बाबर अजमले ४६ रनको योगदान दिए । यसैगरी मोहम्मद हाफिज र इमाद वासिमले गतिलो साझेदारी गर्दै पाकिस्तानको स्कोर ३३८ रनमा र्पुयाए ।पाकिस्तानी बलरहरुका सामू भारतका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । शिखर धवन पनि २१ रनमै आउट भए । सुरुवाती तीनै विकेट हसन अलीले लिएका थिए । भारतलाई मात्र ३०.३ ओभरमा अलआउट गर्ने क्रममा मोहम्मद अमिर र हसन अलीले ३–३ विकेट लिए । सहदाव खानले २ विकेट लिए भने जुनिद खानको नाममा एक विकेट रहृयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :