सरकारी दमनकाविरुद्ध दाङमा जनप्रदर्शनसहित कार्यक्रम सम्पन्न


दाङ : नेपाल कम्युनिस्ट पार्टीले असार १९ र २० गते देशव्यापी रूपमा मशाल जुलुस र २१ गते देशव्यापी विशाल जनप्रदर्शन गर्ने घोषणा गरेको थियो । सोही कार्यक्रमअनुसार असार २१ गते शनिबार दाङ जिल्लाले सरकारी दमनकाविरुद्ध जनताको बीचमा कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङको ९ नम्बर एरियाले शनिबार दिउँसो उरहरीमा आयोजना गरेको सरकारी दमनका विरुद्धको कार्यक्रममा वर्षाको प्रवाह नगरी सयौं जनता उपस्थित भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला इन्चार्ज सविनले भने, सरकारले गरिरहेको दमनकाविरुद्ध जनतालाई सचेत र जागरुक हुन आग्रह गर्नु भयो । उहाँले सरकारी दमनकाविरुद्ध उभिनसमेत आम जनसमुदायलाई अपिल गर्नु भयो । जनताको राजनैतिक अधिकार खोस्न सरकारले दमन, हत्याकाण्डको बाटो अपनाएको भन्दै आम नागरिकहरुले त्यसको विरुद्ध खबरदारी गर्नुपर्ने बेला आएको बताउनु भयो ।

आफूहरु शान्तिपूर्ण रुपमा आफ्नो राजनैतिक, वैचारिक, साँगठनिक, भ्रष्टाचार बिरोधी संघर्षका कार्यक्रमहरुमा लागिरहेको तर यसबाट अत्तालिएर सरकारले फासिवादी दमन बढाएको र नक्कली मुडभेठको प्रपञ्च रचेको उल्लेख गर्नु भयो । त्यसको उदाहरण संखुवासभाको घटना, सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल, भोजपुरका राजुको हत्याकाण्ड रहेको बताउदै राष्ट्रियता, जनतन्त्र र जनजीबिकाकालागि र यो भ्रष्ट, हत्यारो सरकारकाबिरुद्ध निरन्तर संघर्ष गर्न आह्वान् गर्नु भयो । कार्यक्रममा पार्टीका ९ नम्बर इन्चार्ज अनिल पनि बोल्नु भएको थियोे ।

२०७६ असार २१ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :